|  

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने

१० जेठ, काठमाडौं ।  हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको आज उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ ।

बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित उनका विदेशमन्त्री र अन्य ६ जनाको मृत्यु भएको थियो ।

उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी सहर मशादमा रहेको एक महत्त्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो ।