|  

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र खनाल नियुक्त

१० जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।

बैंककै डेपुटी सीईओ रहेको खनाल सीईओमा ४ वर्षका लागि नियुक्त भएका हुन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।