|  

सन्दीपको भिसाका लागि खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र 

१० जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पहल गरेको छ । 

जसका लागि आज (बिहीबार) युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको थियो । 

सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको सचिवालयले जानकारी दियो । 

मन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि हामीले मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए।

अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।