|  

शैक्षिक भ्रमणमा हिडेको जिप दुर्घटनाः ११ जना घाइते

१० जेठ, काठमाडौं । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा जीप दुर्घटनामा परेको छ ।

ग १ ज ८२४९ नम्बरको उक्त जीप बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको थियो । जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए । 

बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।