|  

लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारको पहल जारी

१० जेठ, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताएका छन् ।

२५६८औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् । उनले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन ।

यसैवीच, कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने भन्दै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिए ।