|  

कैलाश सिरोहियाको बयान आजदेखि

११ जेठ,काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आवबाट सुरु हुने भएको छ ।

सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार सुरु हुन लागेको धनुषाका प्रहरीले जनाएको छ ।

सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ। बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ ।