|  

चीनले बनायो १० मिनेट चार्ज गर्दा ४ सय किलोमिटर कुद्ने विद्युतीय गाडीको ब्याट्री

११ जेठ,काठमाडौं । चीनले दश मिनेट चार्ज गर्दा ४०० किलोमिटर कुद्न पुग्ने विद्युतिय गाडीको ब्याट्री बनाएको छ ।

हालसालै सार्वजनिक भएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आइइए)को एक रिपोर्टले यो खुलासा गरेको हो । चिनियाँ मिडियाहरु भने यो मालिमामा मौन भएका छन् ।

चीनका सिएसिएल नामको कम्पनीले यस्तो ब्याट्री बनाएको हो । यो ब्याट्रीलाई विद्युतीय गाडी क्षेत्रको क्रान्तिकारी विकास भनिएको छ । ब्याट्रीको नाम सनसिङ दिइएको छ । चीन विश्वको विद्युतीय सवारीको सबैभन्दा अग्रणी देश हो ।