|  

गायिका इन्दिराले लगाइन् प्रमिस रिङ, २ वर्षदेखि प्रेममा रहेको खुलासा

७ फागुन, काठमाडौं । गायिका इन्दिरा जोशीले २ वर्षदेखि प्रेममा रहेको बताएकी छन् । गायिका जोशीले फेसबुकमा स्ट्याटस राख्दै उनले आफू प्रेममा भएको खुलाएकी हुन्।

उनले आफू दुई वर्षदेखि प्रेममा रहेको र उनले अन्तिममा माया जीवन भएको उल्लेख गरेकी छन्। उनले हरेक पलमा आफूले साथ निभाउने वाचा पनि गरेकि छन् । उनले लेखेकी छन्, ‘उसले भन्यो उनी मेरा तारा हुन् म उनकी चन्द्रमा !’

नेपाली ताराको पहिलो सिजनबाट नेपाली गायन क्षेत्रमा उदाएकी जोशी पछिल्लो समय गीत संगीत क्षेत्रमा सक्रिय हुनुका साथै नेपाल आइडलमा पनि निर्णायक भएर काम गरिरहेकी छन्। उनले प्रमिस रिङ लगाएको फोटो पनि सामाजिक संजालमा पोष्ट गरेकि छन् ।