|  

पोखराका मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

१२ जेठ,काठमडौं । कास्की प्रहरीले पोखराका मसाज सेन्टरबाट पाँच जना बालिकाको उद्धार गरेको छ ।

पोखरा महानगरपालिका-६ लेक साइडमा सञ्चालनमा रहेका तीनवटा ‘स्पा’ बाट पाँच जनाको उद्धार गरिएको हो ।‘नेक्टर इको फुट स्पा’ बाट तीनजना, ‘पन्चासे स्पा एन्ड पार्लर’ बाट एक जना र ‘नमस्ते वेलनेस स्पा’ बाट एकजना बालिकाको उद्धार गरिएको हो ।

मसाज सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले ती मसाज सेन्टरहरूमा अनुगमन गरेको थियो ।

लेक साइडमा रहेकामध्ये १५ वटा मसाज सेन्टरहरूमा गरिएको अनुगमनमा तीन वटाले बालिकाहरू राखेर काममा लगाएको पाइएको हो ।