|  

बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्यो रेमल चक्रवात

१४ जेठ,काठमाडौं । चक्रवाती आँधी रेमल आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । रेमलको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको छ ।

बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो । यो आँधी बंगलादेश र पश्चिम बंगाल हुँदै गइरहेको छ । यही कारणले आइतबार दिउँसोदेखि अर्को २१ घण्टा पश्चिम बंगालका एयरपोर्टहरूमा उडानहरू रद्द गरिएको छ।

रेमलको प्रभाव नेपालमा पनि देख्न सकिन्छ । भारतको मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमलको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्छ।