|  

कोरोना अपडेट: २४ घण्टामा थपिए ९७ जना कोरोना संक्रमित, ११४ डिस्चार्ज

७ फागुन, काठमाडौंं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५८३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त  हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।