|  

कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

१५ जेठ, काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौंको मेडिसिटी अस्पताल लगिने छ ।