|  

असार १ देखि पशुपतिका सबै ढोका खोलिने

१६ जेठ, काठमाडौं । आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दीरको चारवटै ढोका खोलिने भएको छ ।

दर्शनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि बिहान ४ बजे नै सबै ढोका खोलिने भएका हुन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भनेका छन, ‘भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।’

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।