|  

उत्तर प्रदेशको सीमासँग जोडिएका सीमानाका ४८ घण्टा बन्द

१६ जेठ, काठमाडौं । भारतको उत्तरप्रदेशसँग सीमा जोडिएका जिल्लाहरुका सीमानाका ४८ घण्टा बन्द गरिने भएको छ ।

भारतको उत्तर प्रदेशमा हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमानाका बन्द गर्न लागिएको हो । रुपन्देही, पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राती १२ बजेदेखि १९ गते राति १२ बजेसम्म उत्तर प्रदेशसँग जोडिएको जिल्लाको सबै नाका बन्द रहने बताएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले उत्तर प्रदेशमा हुन लागेको लोकसभा जनरल इलेक्सन २०२४ को सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको बताए । निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारततर्फका सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।