|  

चक्रवातका कारण भारत र बंगलादेशमा ६४ जनाको मृ#त्यु

१६ जेठ, काठमाडौं । बंगलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

आइतबार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले विस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो । बंगलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी वर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताए । विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बंगलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो ।

भारतमा हालसम्म ४७ जनाको मृत्यु भएको छ। चक्रवातले प्रत्येक वर्ष बंगलादेश र भारतमा ठूलो क्षति पुर्‍याउने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । तर, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको संख्या भने कम देखिएको छ ।