|  

‘विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको ‘विपक्षी दलहरू’को बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न बैठक बोलाएका थिए ।

देउवा निवासको बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् ।