|  

तापक्रममा ‘रेकर्ड ब्रेक’: धनगढीलाई नेपालगञ्जले उछिन्यो

१८ जेठ,काठमाडौं । नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।