|  

हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरमा क्षति

१८ जेठ,काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको छ।हिजो साँझतिर हावाहुरीसहित वर्षा भएको थियो ।

रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा.पा.वडा नं.२ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि हुरीले उडाएको प्रहरीले जनाएको छ ।