|  

गर्मीका कारण एकैदिन ७९ जनाको मृ#त्यु 

१८ जेठ,काठमाडौं । भारतमा गर्मीका कारण एकैदिन ७९ जनाको मृत्यु भएको छ ।

बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो ।

ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको मृत्यु भएको थियो ।राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ ।