|  

सामसङका तीन ब्राण्डका स्मार्ट फोनको मूल्यमा गिरावट

१८ जेठ, काठमाडौं । सामसङ नेपालले तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घटाएको छ। 

ग्यालेक्सी ए २५ ५ जी, ग्यालेक्सी एम १४ एलटीई र ग्यालेक्सी ए ०५ को मूल्य घटाइएको हो । ग्यालेक्सी ए २५ फाइभजी मा 6.5 इन्चको सुपर AMOLED display, OIS VDIS को साथ 50MP मेन क्यामरा र 13MP फ्रन्ट क्यामरा छ। Exynos 1280 प्रोसेसर र 120Hz रिफ्रेस रेटद्वारा संचालित, ग्यालेक्सी ए२५ ले सहज पर्फमेन्स सुनिश्चित गर्दछ। यसमा 5000mAh ब्याट्रीका साथ सुपर फास्ट चार्जिङ, Samsung Knox सुरक्षा छ र यो एन्ड्रोइड १४ आधारित One UI 6.0 मा चल्छ ।

ग्यालेक्सी ए०५ मा 8MP र एम१४ एलटीई 13MP फ्रन्ट क्यामराका साथ 50MP प्राइमेरी क्यामरा छ । ग्यालेक्सी एम१४ एलटीईमा अत्याधुनिक Qualcomm Snapdragon 680 प्रोसेसर छ। ग्यालेक्सी ए०५ मा Mediatek Helio G85 प्रोसेसरद्वारा अतुलनीय पर्फमेन्स प्रदान गर्न र सिमलेस मल्टिटास्किङ गर्न सक्षम बनाइएको छ ।