|  

मिडिया काउन्सिल विधेयक छिट्टै पारित गर्ने तयारीमा सरकार 

२० जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयकलाई संसदबाट छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज राष्ट्रिय सभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो जोड दिएकी हुन् । उनले नेपालमा परिवर्तित मिडिया क्षेत्रलाई नियमन गर्न, प्रवद्र्धन गर्न र त्यसको उचित व्यवस्थापन गर्न पनि संघीय संसदले त्यसलाई छिटो भन्दा छिटो पारित गरेर सोही अनुसारको कानून निर्माण गरी कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने तर्क गरिन । मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिने कुरामा पनि सचेत रहेर सरकारले सो विधेयक ल्याएको स्पष्टिकरण दिइन् ।

उनले भनेकी छन्,‘मिडिया काउन्सिल विधेयकलाई छिटो भन्दा छिटो पारित गराउने ढंगले ग¥यौं भने मलाई के विश्वास लाग्छ भने नेपालमा परिवर्तनमा भएको मिडिया सेक्टरको जुन स्थिति छ । त्यसलाई नियमन गर्नुपर्ने, प्रमोट गर्नुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने जुन अवस्था छ । त्यो अवस्थालाई हामी छिटो भन्दा छिटो सम्बोधन गर्नसक्छौं ।’