|  

बजेटप्रति ओलीको धारणाः‘असन्तुष्टि होइन,छलफल गरेको भए अझ राम्रो हुन्थ्यो’

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर, छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए ।

सदनमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि बजेटबारे छलफल हुने सभामुख देवराज घिमिरेले बताएका छन् ।