|  

छिपछिपे सहकारी प्रकरण : सांसद बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

२० जेठ, काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी रकम हिनामिना प्रकरणमा  राप्रपाकी सांसद  गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

छिपछिपे सहकारीको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१  हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाबिरुद्ध मुद्दा चलाएको हो । गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०ले सहकारीमा हिनामिना भएको उक्त रकम बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र गीता बस्नेत सहित अन्य २५ जना फरार छन् । विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।