|  

गृहमन्त्री लामिछाने निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकनमा 

२० जेठ, काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्रीले रवि लामिछानेले पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् ।  भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकन गरेको गृहमन्त्रालयले जनाएको छ । 

उक्त अवलोकनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।

सो क्रममा भारत सरकारको सरकारी निकाय केन्द्रिय सार्वजनिक कार्य निर्देशनालयका इन्जिनियर राजेश कुमारले आयोजनाबारे विस्तृत जानकारी गराएका थिए । 

संक्षिप्‍त छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई नेपाल सरकारले तीव्रता दिए निर्धारित समयमै निर्माण सम्पन्न गरी आयोजना हस्तान्तरण गर्न भारत तयार रहेको जानकारी दिए । 

प्रतिउत्तरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले आयोजनामा नेपाल सरकारले गर्नुपर्ने कामलाई थप समन्वयात्मक र गति दिन आफूले पहल गर्ने तथा तत्काल सबै सरोकारवालाबीच छलफल गराएर चेक लिष्ट अनुसारका कामलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरे । ‘आयोजना निर्धारित समयमै सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट गर्नुपर्ने लगानी, समन्वय र सहजिकरणमा कमी हुँदैन’ मन्त्री लामिछानेले भने । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.