|  

अभियन्ता तारा बराल पक्राउ, पाँच दिनका लागि म्याद थपियो

२० जेठ, काठमाडौँ । अभियन्ता तारा बराललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थपिएको बताइएको छ ।