|  

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा किलो सुन

२० जेठ, काठमाडौँ । भारतको मुम्बईबाट आज काठमाडौं आएका एक जना हवाई यात्रुले लगाएको ट्राउजर (पाइजामा) भित्र आधा किलोग्रामभन्दा बढी सुन फेला परेको छ । 

इण्डिगो एअरको उडान नम्बर ६ इ ११५७ मा दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका गुल्सन पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरिएको ५९८ ग्राम सुन फेला परेको बताइएको छ । 

उनले विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआईएन ३२२२४७ देखाएका थिए । भन्सार चेकजाँचबाट छिरेर विमानस्थलबाट बाहिरिने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।