८ फागुन, काठमाडौं । गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ । उक्त गीतमा प्रकाशकै शब्द र संगीत छ । ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन् ।
उमेर ढल्केपछि पुरुषहरु युवतीको जालमा फस्दा कसरी जिन्दगी बर्बाद हुन्छ रु भन्ने कुरालाई व्यंग्यात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।
वसन्त निरौला निर्देशित भिडियोमा रामशरण जंगमको पनि अभिनय छ । भिडियोमा दिव्यराज सुवेदीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।