|  

स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन

२२ जेठ,काटमाठौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन् ।

उनीहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिएका छन् ।