८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ।
हाल देशभर १ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।