|  

नेपालको हरेक बलमा फ्यानको हुटिङले तान्यो संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान 

२३ जेठ,काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल  नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो ।

तर मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले संसारको ध्यान खिँचेको छ  । अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो ।

१०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो । अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् ।