|  

बर्दियामा तातो सुख्खा हावाले पाँच बिरामी, एकको अवस्था गम्भीर

२३ जेठ,काठमाडौं । बर्दियामा अत्यधिक गर्मीसँगै तातो हावा चल्दा एक सातायता पाँच जना बिरामी परेका छन् ।

जिल्ला अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिएको छ । एक सातायता लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ ।

उपचारमा आएका मध्ये चारजना उपचार पछि घर फर्केका छन्, भने, एक जनाको अवस्था गम्भीर भएपछि रिफर गरिएको छ ।अत्यधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुःख्ने लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ।

गर्मीका कारण बिरामीको चाप बढेपछि ५० शय्याको अस्पताल भरिभराउ छ । ५० शय्या भरिएपछि कुरुवा घरमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।