|  

आज ४ प्रदेशमा हावाहुरी र चट्याङ्गसहित वर्षाको सम्भावना

२४ जेठ,काठमाडौं ।  नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज सुदुरपश्चिम,कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक / दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । त्यस्तै, आज राती कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।