|  

हुरीले पोल ढाल्दा बिजुली अवरुद्ध

२४ जेठ,काठमाडौं । बिजुलीको पोल हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।

बुधबार रातिको हुरीले ठाउँठाउँमा बिजुलीका पोल ढालेको हो। नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले ढलेका पोल उठाउन काम भइरहेको छ ।

बिहीबार अपराह्नसम्ममा बिजुली आपूर्ति हुने बताइएको छ । वर्षाका कारण काममा कठनाइ भएको छ।