|  

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी

२४ जेठ,काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ ।

योसँगै कम्पनी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिष्टेड कम्पनी बनेको छ । बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य एकैदिन ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १ हजार २२४ डलरमाथि उक्लिएको थियो ।

फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलर आसपास थियो । गत महिना कम्पनीको शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको ओइरो लागिरहेको छ ।