|  

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न नपाइने

२५ जेठ,काठमाडौं ।  इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । शिक्षकहरू आ-आफ्ना पेसागत संघसंगठनमा आवद्ध भए पनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।शिक्षकहरूले निर्णय उल्लंघन गरेको पाइएमा संघीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको बताइएको छ ।

यसैबीच, चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम पनि आयोजना गर्न नपाइनेगरी प्रतिबन्ध लगाएको छ । चुलाचुलीमा आठ माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ बालविकास केन्द्र छन् । त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत  छन् ।