|  

३१ हजार बढी बालबालिकालाई आइपीभी खोप

२५ जेठ,काठमाडौं । चितवनमा ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपीभी खोप लगाइएको छ ।

यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।

यसैगरी माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको हो । खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो ।