|  

फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन पाइने

 २५ जेठ,काठमाडौं । फोर्ड नेपालले ग्राहकहरूको लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ ग्राहकहरू लक्षित ‘१० वर्षको निःशुल्क इन्धन’योजना सार्वजनिक गरेको हो ।

सो योजना बमोजिम फोर्डको गाडी खरिद गर्ने नयाँ ग्राहकहरूलाई कम्पनीले १० वर्षको लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएको छ । यो योजनामा केही सर्तहरू भने लागू हुनेछ। ग्राहकहरूले फोर्डको रेन्जर र एभरेष्ट खरिद गर्दा यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।