|  

रसिया पठाइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

२६ जेठ,काठमाडौं ।  स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका-२ बस्ने २३ वर्षका राहुलकुमार प्रजापति रहेका छन् ।

पक्राउ परेका उनले स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै नेपालस्थित रसियन दूतावासबाट जारी भएको नक्कली कागजातहरू देखाएर प्रलोभनमा पारी जीतेन्द्रकुमार यादवसँग दस १० लाख ८७  हजार ७ सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीविरुद्ध ठगी तथा अपराधिक लाभ समबन्धी कसुरमा अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।