|  

अभिनेता कार्तिकसँग सेल्फी  खिच्न ८२ लाख रुपैयाँ खर्च 

२६ जेठ,काठमाडौं ।  बलिउड अभिनेता कार्तिक आर्यनसँग  एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आसमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन् ।

तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन् । वास्तवमा यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो । मुम्बईमा एक महिला फ्यानले  कार्तिकसँग भेट्नका लागि झन्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए ।

हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरूका फ्यानबाट मोटो रकम लिएर फरार हुन्थे । ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै मोटो रकम असुल्ने गरेको प्रहरीले जनाएको छ ।

 पीडित महिलाका अनुसार कृष्णाले कार्तिक आर्यनलाई भेटाइदिन्छु भन्दै ती व्यक्तिले पैसा असुलेको र आफूले फिर्ता माग्न खोज्दा बेपत्ता भएका थिए । त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले एक विशेष टिम बनाएर कृष्णालाई बेंगलुरुको ताज वेस्ट एण्ड होटलबाट पक्राउ गरेको थियो ।