|  

गाई तस्करीको आशङ्कामा आक्रमण, दुईको मृ#त्यु, एकको अवस्था गम्भीर

२६ जेठ, काठमाडौं ।  छत्तीसगढको राजधानी रायपुर नजिकैको अरङ सहरमा गाई तस्करीको आशङ्कामा भीडको आक्रमणमा परेर उत्तर प्रदेशका दुई जनाको मृत्यु भएको भएको छ ।

घटनामा एक जनाको अवस्था चिन्ताजनक रहेको छ । भीडको आक्रमणमा मारिएका चन्द मियाँ र गुड्डु खान नामका यी दुई जना उत्तर प्रदेशको सहारनपुरका बासिन्दा रहेको बताइएको छ । रायपुरबाट ७० किलोमिटर टाढा महासमुण्ड–आरङ सडकमा रहेको महानदीको पुलमा शुक्रबार राति करिब २ बजे ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘यी मानिसहरू ट्रकमा भैँसी बोकेर यात्रा गरिरहेका थिए। कतिपयले उनीहरूलाई कुटपिट भएको बताएका छन्। तर केहीले आक्रोशित भिडबाट बच्न उनीहरूले पुलबाट खोलामा हाम फालेका थिए, जहाँ दुईको मृत्यु भएको बताएका छन् । ’प्रहरीले भन्यो ।