|  

चलचित्र ‘सतीदेवी’ को टिजरले तान्यो दर्शकको ध्यान

२६ जेठ, काठमाडौं । अभिनेत्री मलिका महत शीर्ष भूमिकामा रहेको नेपाली कथानक चलचित्र ‘सतीदेवी’ को टिजर सार्वजनिक गरिएको छ । 
यस चलचित्रको टिजरले छोराको आशामा छोरी जन्माइरहने समाजको मनोविज्ञानको चित्रण गरेको छ । चलचित्रमा मलिकासँगै हर्षिका वली, भोलाराज सापकोटा, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारीलगायत कलाकारको अभिनय छ । चलचित्रमा लेखन तथा निर्देशन लक्ष्मण सुवेदीको छ । श्रीदेवी, विशाल, दिलासा र सारा सुवेदी चलचित्रका निर्माता हुन् । ‘सतीदेवी’ साउन ४ गतेदेखि प्रदर्शनमा आउनेछ ।