|  

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृ#त्यु

२७ जेठ,काठमाडौं ।  राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका-८ को बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४  बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर सनबहादुर बेपत्ता भएका थिए।उनको शव ५० मिटर तल फेला परेको हो ।

पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ।