|  

जुवा खालबाट ७ जना पक्राउ, झण्डै डेढ लाख बरामद

२७ जेठ,काठमाडौं ।   बर्दियाको गुलरिया नगरपालिका-२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखमुनी जुवा खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवाको खालबाट १ लाख ३१ हजार २ सय ५ रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा राजापुर नपा-२ का ६० वर्षीय राजाराम थारु,सोही पालिका-६ का ध्रुव देवकोटा, गेरुवा गापा-३० वर्षीय मोहर मली कुरेसीसहित सात जना रहेका छन् । जुवाको खालबाट तास ५ गड्डी, चप्पल १३ जोर, जुत्ता ३ जोर, त्रिपाल १ थान, मोबाइल ५ वटा र रातो कार्पेट १ वटा बरामद गरिएको छ ।

प्रहरीले छापा हान्दा जुवा खेलाउने मुख्य अभियोगीसहित नौ जना मोटो रकमसहित फरार भएको जनाएको छ । प्रहरी स्रोतका अनुसार बाह्रै महिना जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मरिएको हो ।