|  

आज जन्मदिन मनाउँदै महानायक राजेश हमाल

२७ जेठ,काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । नायक राजेश हमालको जन्म पाल्पामा भएको हो ।

वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मिएका हुन् । आजबाट ६० बर्षमा प्रवेश गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढ्न नसकिरहेको समयमा नायक राजेश हमालको प्रवेश भएको थियो ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘यूगदेखि यूगसम्म’ हो । हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। नायक हमालले अभिनय गरेका चर्चित फिल्महरू ‘वसन्ती, देउता, भाउजू, युगदेखि युगसम्म’ हुन्।