२७ जेठ,काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको छ ।
गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् ।
फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको सहायतामा केही बाख्राहरु जीवितै र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । आगलागीमा परेर अन्दाजी ४० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।