|  

नेप्से परिसूचक घट्यो, कारोबार ५ अर्ब माथि 

२७ जेठ, काठमाडौं ।  आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।

आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।