९ फागुन, काठमाडौं-बलिउड अभिनेत्री करिना कपुरले दोस्रो बच्चालाई जन्म दिएकी छिन् ।
दास्रो पटक पनि उनले छोरालाई जन्म दिएकी हुन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । योसँगै सैफ अलि चौथो पटक बुवा बनेका छन् ।
सैफका पूर्व पत्नी अमृता सिंहबाट दुई सन्तान छन्, सारा अलि खान र इब्राहिम अलि खान।