|  

अत्यधिक गर्मी बढेपछि ३ दिन विद्यालय बन्द  

२८ जेठ,काठमाडौं । पूर्वी नवलपरासीमा अत्यधिक गर्मी हुन थालेपछि ३ दिन विद्यालय बन्द गरिएको छ ।

कावासोती नगरपालिका भित्रका विद्यालय सोमबारदेखि बुधबारसम्म बन्द हुने भएको हो । नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा प्रेषित सूचनामा गर्मीले पठनपाठन सकसपूर्ण हुँदै गएकाले सोमबारदेखि बुधबारसम्म सबै विद्यालय अनिवार्य बिदा गर्नु भनिएको छ ।

सूचनामा मौसममा सुधार आएमा अर्को सूचना जारी गरिने उल्लेख छ । कावासोतीमा आइतबार ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।