|  

विवाह गर्दै अभिनेत्री सोनाक्षी

२८ जेठ,काठमाडौं ।  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् ।

प्रेमी जाहिर इक्बालसँग जुन २३ मा विवाह गर्ने भएका हुन् । अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाइ तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् ।

उनीहरूको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् ।