|  

नक्कली नोटसहित काठमाडौँबाट १ जना पक्राउ

२८ जेठ,काठमाडौं । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-५ स्थित पद्या कोलोनी बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छिन् । जेठ २६ मा काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्ट नजिकबाट प्रहरीले तारा देवी डङ्गोललाई पक्राउ गरेको थियो ।

४७ वर्षीया डंगोल कलंकीमा चिया पसल चलाउँछिन् । आरोपीहरुको साथबाट ५ लाख १४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ ।